राजनीति

कांग्रेस निकट मुस्लिम सङ्घको महाधिवेशन भोलि हुँदै



काठमाडौँ, ६ असोज । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम सङ्घको महाधिवेशन हुँदै छ । मुस्लिम सङ्घका कार्यवाहक सभापति अताबुल मन्सुरका अनुसार राष्ट्रिय सभागृहमा असोज ७ र ८ गते महाधिवेशन हुन लागेको हो । 

अध्यक्षका लागि कार्यवाहक सभापति मन्सुर, महासचिव मुक्तार आलम, सलावत दिनमियाँ  दाबेदारी रहेको छ । उनीहरू सबै सभापति देउवा निकट मानिन्छन् ।