समाचार

करेन्ट लागेर एक जनाको मृत्यु



तनहुँ, ६ असोज । तनहुँको ब्यास नगरपालिकामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । 

शुक्रबार नगरपालिकाको वडा नं. ११ मुलपानी बस्ने ५२ वर्षीय वीरबहादुर तामाङ आफ्नै घरको बिजुलीको तार मिलाउने क्रममा करेन्ट लागी घाइते भएका थिए । उनलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल दमौली तनहुँमा ल्याएकोमा उपचारको क्रममा साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उनको भनाई छ ।