राजनीति

माओवादीका केन्द्रीय नेता एमालेमा प्रवेश



काठमाडौँ, ६ असोज । सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका दुई केन्द्रीय नेता एमालेमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य कुलानन्द गिरी र सानुमायाँ मगरलगायत नेताहरु एमालेमा प्रवेश गर्नुभएको छ । नवप्रवेशीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले खादा तथा अविर लगाएर स्वागत गर्नुभयो ।

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पूर्ण रूपमा भारतको ईशारामा चल्ने तथा कांग्रेसलगायत दक्षिण पन्थीहरूको प्रवक्ता बनेको निश्कर्ष निकाल्दै उहाँहरु एमालेमा प्रवेश गर्नुभएको छ ।