अर्थ

गोलभेँडाको मूल्य घट्यो



काठमाडौँ, ८ असोज । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज गोलभेँडाको मूल्य झनै सस्तिएको जनाएको छ । आजको खरिद बिक्री भएको तरकारीको मूल्यसूची सार्वजनिक गर्दै आइतबारको तुलनामा गोलभेँडाको थोक मूल्य झनै घटेको हो ।

समितिका अनुसार आज गोलभेँडाको थोक मूल्य प्रतिकिलो ३२.५० रुपैयाँ छ । हिजो गोलभँेडाको थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ थियो । यस्तै, आज रातो आलु ५७ रुपैयाँ कायम छ । यस्तै, रातो मुडेको थोक मूल्य ५१ रुपैयाँ, सुकेको प्याज ६९ रुपैयाँ, लोकल गाँजर ८५ रुपैयाँ, बन्दा ५५ रुपैयाँ, काउली ८५ रुपैयाँमा किनबेच भइरहेको छ ।  सेतो मूलाको थोक मूल्य ६५ रुपैयाँ कायम हुँदा लाम्चो भन्टाको मूल्य प्रतिकिलो २५ रुपैयाँ छ ।

यस्तै, बोडीको मूल्य ७६ रुपैयाँ, टाटे सिमी ५६ रुपैयाँ, तिते करेला ५४ रुपैयाँ, लौका ४५ रुपैयाँ र घिरौलाको थोक मूल्य प्रतिकिलो ५४ रुपैयाँ रहेको छ ।