समाचार

अशक्त महिलालाई बलात्कार गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ



बझाङ, ८ असोज । बझाङमा अशक्त महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय बालकलाई पक्राउ परेका छन् ।

बझाङ प्रहरीका अनुसार हिंडडुल गर्न नसक्ने २८ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक बालकलाई पक्राउ गरिएको हो ।

जबरजस्ती करणी गरी फरार भएका बालकलाई प्रहरी पोष्ट बगडगाँउबाट खटिएको टोलीले बालुवाटार भन्ने ठाउँबाट नियन्त्रणमा लिएको हो  । पीडित महिलाकी हजुरआमाले करणी गरेको थाहा पाएपछि स्थानीयलाई घटनाबारे बताएकी थिइन् ।

उकता घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।