काठमाडौँ, ८ असोज । नेपाल र चीनबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीचको उपस्थितिमा नेपाल र चीनका अधिकारीहरुले सम्झौता र समझदारी पत्र आदान प्रदान गरेका छन् ।
सम्झौता र सहमतिहरू :
१. राष्ट्रिय योजना आयोग र नेसनल डेभलप्मेन्ट एन्ड रिफर्म कमिसन अफ द पिपल्स रिपब्लिक अफ चाइनाबिच मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ (एमओयू)मा हस्ताक्षर
२. चीन र नेपाल सरकारबिच नेपालको उत्तरी पहाडी क्षेत्रका लागि उत्पादन र जीवित सामग्रीको प्रमाणपत्र हस्तान्तरण
३. डिजिटल अर्थतन्त्रबारे सहकार्य अभिवृद्धि गर्नेबारे नेसनल डेभलप्मेन्ट एन्ड रिफर्म कमिसन र अर्थ मन्त्रालयबिच एमओयूमा हस्ताक्षर
४. नेसनल डेभलप्मेन्ट एन्ड रिफर्म कमिसन र वन तथा वातावरण मन्त्रालयबिच हरित र न्यून–कार्बोन विकाससम्बन्धी एमओयू,
५. सिजाली विद्यालय परियोजनाबारे सम्झौता
६. कृषि, पशुपालन र मत्स्यपालनमा सहयकार्य गर्ने विषयमा चीनको कृषि तथा ग्रामिण मामिला मन्त्रालय र नेपालको कृषि तथा पशुपक्षी विकास मन्त्रालयबिच एमओयूमा हस्ताक्षर
७. सन् १९८१ नेपाल–चीन व्यापार र भुक्तानी सम्झौतालाई मूल्याङ्कन र परिमार्जन गर्न एक संयुक्त प्राविधिक कार्यदल बनाउने विषयमा चीनको वाणिज्य मन्त्रालय र नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबिच एमओयूमा हस्ताक्षर
८. नेपालबाट चीनमा जडीबुटीको निर्यात गर्ने विषयमा चीनको जेनेरल एडमिनिस्ट्रेसन अफ कस्टम र नेपालको कृषि तथा पशुपक्षी विकास मन्त्रालयबिच एमओयूमा हस्ताक्षर
९. चीनको नेसनल एडमिनिस्ट्रसन एन्ड पब्लिकेसन र नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबिच एमओयूमा हस्ताक्षर
१०. विज्ञान, प्रविधि र नवीनतामा सहकार्यका लागि चीनको विज्ञान तथा प्रविधि मन्त्रालय र नेपालको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबिच एमओयूमा हस्ताक्षर
११. मानव श्रोत र विपद् सामग्रीबारे पत्र आदानप्रदान
१२. हिल्सा–सिमिकोट सडक परियोजनाबारे सम्झौता
प्रतिक्रिया दिनुहोस्