Banner News

ओलीले भने – कता गयो ४० किलो सुन ?



काठमाण्डौ,८ असोज । नेकपा एमालेले सुन तस्करी प्रकरणमा सरकारको भूमिका शंकास्पद रहेको बताएका छन् । नेकपा एमाले बागमती प्रदेश अधिवेशनको सोमबार काठमाडौंमा उद्घाटन गर्दै ओलीले विमानस्थलमा समात्नुपर्ने सुन बाटोमा समातेको तर गोदाममा भने नसमातेको बताएका छन् ।

ओली भने, ‘सुन तस्करीको छानबिन गरौँ भन्यौँ एक महिनापछि आयोग बनाउन राजी भयो । विमानस्थलमा समाउनुपर्ने सुन बाटोमा समात्यो, गोदाममा समातेन । १०० किलो सुन तस्करलाई कागज गरेर छोड्छ । सरकारले पहिला नै सुन लुकाउँछ । सरकार छानबिन गर्न चाहँदैन । १०० किलो सुन थियो पछि ६० किलो भयो । कता गयो ४० किलो सुन ?

३ साउनमा राजस्व अनुसन्धान विभागले ब्रेक शुमा लुकाएर ल्याएको सुन विमानस्थल भन्सार बाहिर समातेको थियो । टक्सार विभागले ब्रेक शुसहित सुन डेढ क्वीन्टलको भएको बताएको थियो । पछि गालेर सुनको मात्र मात्रा निकाल्दा करिब ६१ किलो भएको बताइयो । ओलीले सोमबार यही विषयमा सरकारमाथि प्रश्न गरेका हुन् ।

ओलीले एमालेले संसद अवरोध नगरेको समेत दाबी गरे । उनले भने, ‘संसद एमालेले रोकेको होइन । अबरोध सकिएपछि जनताका समस्या कहाँ समाधान भए रु प्रधानमन्त्री विदेश घुम्दा संसदमा ताला लागेको छ । के भारतका पीएम विदेश जाँदा संसदमा ताला लाग्छ रु डर छ, सांसद जनताका पक्षमा बोल्छन् भनेर संसदमा ताला लगाएर विदेश घुमेका छन् ।