बारा, ९ असोज । बाराकाे नेपाल-भारत सिमानामा रहेकाे दशगजा क्षेत्रमा एक पूर्व सशस्त्र प्रहरी जवानकाे शव भेटिएकाे छ ।
प्रहरीका अनुसार पचरौता नगरपालिका–१ पचरौता गाउँ नजिक दशगजा क्षेत्रमा गएराति धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा ३४ वर्षीय अमरेशकुमार सिंहको शव फेला परेकाे हाे ।
प्रहरीले हत्या आशङ्कामा दुई जना भारतीय नागरिकलाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा राहुल साह र सामलाल महतो रहेका छन् । घटनामा नेपालीसहित चारजनाकाे संलग्नता रहेकाे र अन्य दुई जनाकाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्