राजनीति

अभियन्ता ईः को साथमा कमल थापा



काठमाडौँ, ९ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापा अभियन्ता ईःको अभियानमा ऐक्यबद्धता जनाउन पुगेका छन् ।

थापाले ऐक्यबद्धता जनाउँदै आफ्नो छातीमा ‘मलाई बालेन मन पर्छ, मलाई ईः मन पर्छ’, लेखिएको प्लेकार्ड झुन्ड्याएका छन् । साथै ईः ले उठाएका मुद्दा जायज रहेको पनि थापाले जनाएका छन् । 

‘सडक, फुटपाथमा जथाभाबी पसल थाप्न मिल्दैन तर, राज्यले उनीहरूलाई व्यवसायको निम्ति उचित स्थान दिनुपर्छ। यो राज्यको कर्तव्य हो। यो काममा महानगरपालिकाले सहजीकरण गर्नुपर्छ’, थापाले आफ्नो प्लेकार्डमा लेखेका छन् ।