Banner News

सन् २०२५ लाई चीनमा ‘नेपाल भ्रमण वर्ष’ घोषणा गरिने



काठमाडौँ, ९ असोज । चिनियाँ पर्यटकहरूलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्ने उद्देश्यसहित सन् २०२५ लाई चीनमा ‘नेपाल भ्रमण वर्ष’ घोषणा गर्ने सहमति दुई देशबीच भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका क्रममा दुई देशीय व्यापार, पारवहन तथा कूटनीतिक सहमतिसँगै पर्यटन प्रवर्द्धनका कार्यक्रमहरूमा समेत सम्झौता भएका छन् । नेपालको पर्यटन प्रवर्द्धन तथा सांस्कृतिक आदान प्रदान गर्ने गरी दुई देशबीच भाषा, संस्कृतिको आदानप्रदान गर्नुका साथै नेपालमा चिनियाँ पर्यटक भित्र्याउन सहकार्य गर्ने समेतको सहमति भएका छन् । 

यस्तै, चिनियाँ पक्षले ८औँ ‘चाइना साउथ एसिया फ्रेन्डसीप अर्गनाइजेशन’ फोरममा मित्र राष्ट्रको रूपमा भाग लिन समेत नेपाललाई आग्रह गरेको छ ।