काठमाडौँ, १० असोज । नेकपा एमालेका अध्यक्ष केपी ओलीले डाक्टरहरुप्रतिको दुव्र्यहार बन्द गर्न आग्रह गर्नुभएको छ ।
पछिल्लो समय चिकित्सकहरुमाथि यो वा त्यो बहानामा भौतिक आक्रमण हुन थालेको प्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष ओलीले डाक्टरहरुमाथि हातपात तथा दुव्र्यवहार भएको समाचार आउनु दुःखद् भएको उल्लेख गर्नुभयो ।
उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘मेरो जीवनमा डाक्टरको ठूलो भूमिका छ । डाक्टरको महत्त्व म स्वयंले आफ्नो जीवनमा महसुस गरेको छु । आजभोलि उपचार गरिरहेका डाक्टरहरुलाई हातपात र दुर्व्यवहार भएका समाचार सामाजिक सञ्जालमा देखेको छु । मेरो अनुरोध छ – डाक्टरहरु प्रतिको दुर्व्यवहार बन्द गरौं । सम्मान र हार्दिकता विकास गरौं ।’
प्रतिक्रिया दिनुहोस्