काठमाडौँ, ११ असोज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १८ जना शाखा अधिकृतको सरुवा गरेको छ ।
मन्त्रालयले बुधबार गरेको सरुवा सूची अनुसार पाँच जना अधिकृतको गृह मन्त्रालयमा सरुवा भएको छ । गृहमा रहेका गम्भीर सिंह विष्ट र भाष्कर दाहालको भने सामान्यमा सरुवा भएको छ ।
मन्त्रालयका अनुसार अर्थ मन्त्रालयका शाखा अधिकृतद्वय टोपबहादुर भुसाल र सन्तोष पोखरेलको क्रमशः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ । अर्का शाखा अधिकृत गोविन्द आचार्य प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अर्थमा पुगेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सुसना शर्माको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र उद्योगमा अमित भूषण, महेश पौडेलको सरुवा भएको छ ।
त्यसैगरी भूमि व्यवस्थाका बाबुराम पाण्डेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, अशोक दाहालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा, माधव घिमिरेको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा, प्रेमिसा श्रेष्ठको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा र शान्ति कुँवरको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा भएको छ ।
प्रतिक्रिया दिनुहोस्