काठमाडौँ, १२ असोज । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–२, साडेपानीस्थित दशरथ माध्यमिक विद्यालयमा राहत शिक्षकमा कार्यरत महेश शाहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन अन्तर्गत विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
शिक्षक शाहले प्रवीणता प्रमाणपत्र तहको नक्कली सर्टिफिकेट पेस गरी अध्यापन गरेकाले उनीविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्