Banner News

विकास र समृद्धिका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्छ : मन्त्री महत



काभ्रे, १३ असोज । अर्थमन्त्री डा.प्रकाशशरण महतले देश विकास र समृद्धिका लागि सम्पूर्ण राजनीतिक दल एकजुट हुनुपर्ने बताएका छन् ।

शनिबार काभ्रेमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा.महतले देशको समृद्धिका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताएका हुन् । देशको अर्थतन्त्रले विस्तारै लय लिइरहेको उल्लेख गर्दै अर्थमन्त्री डा. महतले अर्थतन्त्रमा विभिन्न समस्या भने रहेको भनाई छ ।

डा.महतले भने, ‘राजनीतिक दलहरुबीच द्वन्द्व हुन्छ, बहस हुन्छ, चुनाव हुन्छ, हार जीत हुन्छ यी सबै स्वभाविक प्रकृया हुन् । तर देशले एउटा कोर्ष लिनुपर्छ, विकास हुनुपर्छ, समृद्धि सिर्जना हुनुपर्छ । यसका लागि सम्पूर्ण राजनीतिक दल एकमत हुन जरुरी छ । पहिला हामीले खुकुलो मौद्रिक नीति अपनायौं, धेरै खुकुलो हुँदा सजिलै पैसा प्रवाह भयो त्यसपछि कसिलो मौद्रिक नीति आयो । जसले बैंक व्याजदर बढायो ।’

सेयर बजार र घरजग्गा किनबेचमा चाहिनेभन्दा अप्राकृतिक ढंगले वृद्धि भएको अर्थमन्त्री डा. महतको भनाई छ । उपभोक्ता र लगानीकर्ताको आत्मविश्वास बढाउन मन्त्री डा. महतले आग्रह गरे । रेमिटेन्स आप्रवाह बढेपनि उक्त रकम बजारमा नघुमेकोमा अर्थमन्त्रीले चिन्ता व्यक्त गरे ।