रामेछाप, १३ असोज । नेपाली कांग्रेसका नेता एवं सांसद शशांक कोइरालाले दुर्घटनामा खुट्टा गुमाएकी रामेछापकी एन्ड्रिसा घिमिरेलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।
गैर-आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सचिव शंकर खड्काको पहलमा अमेरिकामा रहेका नेपालीहरूबाट संकलित ३ लाख ५१ हजार १११ रुपैयाँ सहयोग कोइरालाले घिमिरे निवास पुगेर हस्तान्तरण गरेका हुन् ।
घिमिरेले एसइइ पछि कक्षा ११ पढ्न कलेज जाने क्रममा सवारी दुर्घटनामा परी खुट्टा गुमाएकी थिइन् । सो रकम हस्तान्तरण कार्यक्रममा गैर-अवासीय नेपाली संघ एनआरएनएका उपाध्यक्ष दुर्गा आचार्य र महासचिव गौरीराज जोशीले घिमिरेलाई कृत्रिम खुट्टा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्