समाचार

नेपालले मालदिभ्सलाई दियो २१३ रनको लक्ष्य



काठमाडौँ, १४ असो । चीनमा जारी एसियाली खेलकुद अन्तरगतको आफ्नो दोस्रो खेलमा नेपालले मालदिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२रन जोड्यो । खेलमा  रोहित पौडेल  ५२ रनको योगदान दिए भने  कुशल मल्लले ४७, कुशल भुर्तेलले ३५, गुलशन झालाई ३५  र विनोद भण्डारीले  १३ रनको योगदान दिए ।