अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १४ असोज । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेर प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।