समाचार

तीनकुने पुलबाट मोटरसाइकल बागमतीमा खस्दा १ जनाको मृत्यु



काठमाडौँ, १४ असोज । काठमाडौँको तिनकुनेस्थित पुलबाट मोटरसाइकल बागमती नदीमा खसेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बानेश्वरबाट कोटेश्वरतर्फ जाँदै गरेको बा–०२–०३९ च ११९७ नम्बरको मोटरसाइकल पुलबाट नदीमा खस्दा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेर भक्तपुरको चाँगुनारायण घर भएका १७ वर्षीय सुशील गुरुङको मृत्यु भएको छ । प्रहरीका अनुसार गुरुङ मोटरसाइकल पछाडी सवार थिए । मोटरसाइकल चालकलाई उद्धार गरेर अस्पताल पठाइएको छ ।