अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १५ असोज । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार  ९ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले घटेर प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।