धनगढी, १५ असोज । नागरिक उन्मुक्ति पार्टीको सम्पूर्ण कार्यकारी अधिकार संरक्षक रेशम चौधरीलाई दिने निर्णय भएको छ ।
हालै सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशन सम्पन्न नहुँदासम्म पार्टीका सम्पूर्ण कार्यकारी अधिकार चौधरीलाई दिने निर्णय गरेको हो ।
हाल सो पार्टीको अध्यक्ष रञ्जिता चौधरी भएपनि बैठकले प्रथम महाधिवेशन आयोजक समितिको संयोजकसमेत दिँदै चौधरीलाई सम्पूर्ण अधिकार प्रत्यायोजन गरेको हो । बैठकको निर्णयअनुसार पार्टीको केन्द्रीय महाधिवेशन आउँदो पुस २६ देखि २८ गतेसम्म कैलालीको टीकापुरमा हुने भएको छ ।
यस्तै, महाधिवेशन तयारीका लागि विभिन्न १५ वटा उपसमिति समेत गठन गरिएको छ । बैठकको निर्णयानुसार आर्थिक समितिमा प्रतिनिधि सभा सदस्य गंगाराम चौधरी, प्रचार प्रसार समितिमा ठाकुरसिंह थारु, भान्सा व्यवस्थापन समितिमा रामेश्वर चौधरी, मञ्च व्यवस्थापन समितिमा घनश्याम चौधरीलाई जिम्मेवारी दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्