काठमाडौँ, १५ असोज । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य सुधार आएको छ ।
घटेर कारोबार सुरु भएपनि अन्तिममा वृद्धिसहित ५.१९ अंकले बढेर बन्द भएको हो । यसबचीमा आज नेप्सेमा उच्च घटबढ भएको छ ।
परिसूचक ०.२६ प्रतिशतले घट्दा १ अर्ब ७३ करोड ७३ लाख रुपैयाँ बराबरको ५७ लाख ७६ हजार कित्ता सेयर किनबेच भएको छ । परिसूचकमा सामान्य सुधार आएपनि १६३ कम्पनीको सेयर मूल्य भने बढेको छ । यस्तै, ६४ कम्पनीको सेयर मूल्य बढ्दा ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।
आज सीवाईसीएल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने सयपत्रि हाइड्रोपावर कम्पनीको सेयर मूल्य समेत १० प्रतिशतले नै बढेको छ ।
प्रतिक्रिया दिनुहोस्