समाचार

घण्टाघरबाट बत्ती चोरेकाे आराेपमा दुई जना पक्राउ



काठमाडौँ, १६ असोज । वीरगञ्जमा रहेकाे घण्टाघर वरिपरि जडान गरिएको बत्ती तोडफोड र चोरी गरेकाे आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–८ का १८ वर्षीय अविनाश खत्री र भारतको मोतीहारी घर भएका १८ वर्षीय नितेश मल्लिकलाई घण्टाघर क्षेत्रबाटै पक्राउ गरेको हो।

सीसीटीभीमा देखिएकाे दृश्यका आधारमा अनुसन्धान गर्दा खत्री र मल्लिक संलग्न रहेको निष्कर्षका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका उनीहरुविरुद्ध अभद्र व्यवहार कसुरमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको छ ।