काठमाडौँ, १७ असोज । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार भक्तपुरको सुर्यबिनायक घर भएका ५१ वर्षीय गोकुल थापालाई पक्राउ गरेको हो । प्रतिवादी थापालाई नयाँ बानेश्वरबाट पक्राउ गरिएको हो । सकुन्तला थापाको जाहेरीले गोकुलविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।
उनलाई कारबाहीका लागी जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाएको छ ।
प्रतिक्रिया दिनुहोस्