समाचार

बझाङमा १२ वटा भूकम्पको धक्का



काठमाडौँ, १७ असोज । बितेको २४ घण्टाको अवधिमा बझाङ जिल्ला केन्द्रबिन्दु भएर ४ म्यग्निुच्युडमाथिका १२ वटा भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले मंगलबार दिउँसो भूकम्प गएयता सोही जिल्ला केन्द्रबिन्दु भएर बुधबार बिहानसम्म ४ म्याग्निच्युडमाथिका १२ वटा धक्का मापन भएको बताएको छ । 

बझाङमा मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसलगत्तै ३ बजेर ६ मिनेटमाच ६.३ म्याग्निच्युडको भूकम्प मापन भएकोमा त्यसपछि पनि १० वटा भूकम्प गएको केन्द्रको विवरणमा उल्लेख छ । 

बझाङ भूकम्पबाट हालसम्म १ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । यस्तै एक जना बेपत्ता छन् । भूकम्पबाट भौतिक संरचनाहरुमा क्षति भएको बताइएको छ ।