राजनीति

वैशाखमा महाधिवेशन गर्ने नेसपाको निर्णय



काठमाडौँ, १८ असोज । नेपाल समाजवादी पार्टी(नेसपा)ले आगामी वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।

बुधबार राति अबेर सकिएको बैठकले वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशनको थप तयारीबारे निर्णय लिन नेसपाले छठलगत्तै केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको उपाध्यक्ष दुर्गा सोबले जानकारी दिइन् ।

सोबका अनुसार माओवादी केन्द्र लगायत अन्य समाजवादी पार्टीसँग एकता गर्नका लागि वार्ता कमिटीलाई तुस्त दुरुस्त बनाउने निर्णय पनि भएको छ । यसअघि पार्टी एकताका लागि पठाएको ९ बुँदे आधार प्रस्तावको माओवादीले जवाफ नदिएसम्म वार्तामा नबस्ने निर्णय भएको उनले बताइन् ।