पोखरा, १८ असोज । नेकपा (एमाले) गण्डकी प्रदेशको नेतृत्व चयनका निम्ति मतदान सुरु गरिएको छ ।
पार्टीको पहिलो गण्डकी अधिवेशनअन्तर्गत बिहीबार मध्याह्नदेखि मतदान थालिएको हो । निर्वाचन समिति संयोजक सुरेन्द्र थापामगरका अनुसार विद्युतीय मतदान गरिँदै छ । कुल ९०७ जनाले मतदान गर्नेछन् । सकेसम्म आजै मतपरिणाम सार्वजनिक गरिनेछ ।
अधिवेशनबाट १६५ सदस्यीय कमिटी चुनिनेछ । तीमध्ये २७ सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । गण्डकी प्रदेश अध्यक्षका निम्ति निवर्तमान अध्यक्ष नवराज शर्मा र केन्द्रीय सदस्य मायानाथ अधिकारी चुनावी मैदानमा छन् । उनीहरू दुवै प्यानलसहित मैदानमा उत्रिएका छन् । शर्मालाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङको साथ छ । अधिकारीको पक्षमा स्थायी कमिटी सदस्य खगराज अधिकारी रहेका छन् । उनलाई एमाले महासचिव शंकर पोखरेलको समेत साथ छ ।
प्रतिक्रिया दिनुहोस्