काठमाडौँ, २० असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अदालतद्वारा अपराधि भनि प्रमाणीत भइसकेका गुण्डा नाईकेलाई आममाफी दिएर वेलडन भन्नुपर्ने हालतमा नपुर्याउन सरकारलाई ध्यानाकर्षण गरानुभएको छ ।
संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले सर्वस्वसहित आजीवन कारावास तोकिएका रिगल ढकाललाई आममाफी दिएर कांग्रेस, राष्ट्रपतिको चासोको विषय नहुँदा नहुँदै पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा छुटाएकोमा गंभीर प्रश्न चिन्ह खडा भएको बताउनुभयो ।
उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘बझाङमा रहेकाले यस विषयमा लेख्न ढिलो भयो। धन्यवाद कान्तिपुर !! मैले वर्षौ पछि यति शक्तिशाली हेडलाईन देखेको हुँ। हरेक दिन, हरेक मिडियाको हेडलाईन, हरेक विषयमा यति शक्तिशाली हुनु पर्छ। हाम्रो समस्या यहि हो कि मिडियालाई समाचार बाहेक सारा बिज्नेश चाहिएको छ, नेतालाई जनता बाहेक सबको सेवा गर्नु छ। यदि यसो हुदैनथ्यो भने हाम्रो लोकतन्त्रलाई २/४ नेताका परिवार र आफन्तले यति विघ्न बदनाम गर्ने आँट गर्न सक्दैनथे। मिडियाले /नेताले बेलैमा यिनको सातो लिन सकेको भए आज यिनले लोकतन्त्रको सातो लिने थिएनन्। अब मुल कुरोमा आउं।
मैले ढिलो गरि यस बारे कांग्रेस महामन्त्री ज्युको अभिव्यक्ति सुनें। रिगलको रिहाई कांग्रेसले चाहेको होईन रहेछ, प्रष्ट भयो। रिगल माओवादी निकट पनि होइनन् त्यसैले माओवादीले चाहने कुरै भएन। राष्ट्रपति ज्युले त “सहि मात्र धस्काएको हु, म कहाँ कराउन नआओ” भनिसक्नु भयो। गृहमन्त्री ज्यु, प्रश्न अब तपाईं तिर तेर्सियो। कसैले पनि प्रेसर र इन्ट्रेस्ट नदिएको “भनिएको” यो केश,के प्रक्रियासंगत तरिकाले आएकाले नै तपाईंले मन्त्री परिषद्मा लैजानु भएको हो? सिङ्गो देशलाई तपाईंले सदन बाट जवाफ दिनु होला। यस विरुद्ध हामीले संसदमा संकल्प प्रस्ताव दर्ता गराएका छौं। हामी लोकतन्त्रमा विश्वास गर्छौ, संसदीय प्रणाली प्रति विश्वास राख्छौं। गृहमन्त्री प्रतिको हाम्रो, विशेषगरी मेरो विश्वास जीवितै छ। देशको न्याय प्रणाली भविष्यमा पनि कुनै “डन”लाई “वेलडन” भन्नू पर्ने हालतमा नपुगोस् भनेरै संकल्प प्रस्ताव दर्ता गराएका हौं । यो संकल्प प्रस्ताव हामीले दर्ता गराएका अन्य प्रस्ताव जस्तै नतुहियोस्। र, यो अनुरोध होइन खबरदारी हो।

प्रतिक्रिया दिनुहोस्