काठमाडौँ, २१ असोज । नेकपा एमालेको केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद सुनिता बरालले हवाई टिकटमा भएको मुल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने माग राख्नुभएको छ ।
आजको प्रतिनिधिसभाको बैठकको शुन्य समयमा बोल्नै सांसद बरालले हवाई टिकटमा मुल्यवृद्धि गरी पर्यटन क्षेत्रलाई तहसनहस बनाउने खेल गरेको भन्दै आपत्ती जनाउनुभयो । सरकारले केही समय अघि हवाई टिकटमा १३ प्रतिशत मुल्यवृद्धि गरेको थियो । सोही प्रसंगमा उहाँले पर्यटन क्षेत्र नेपालको आर्थिक समृद्धिको आधार भएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘पर्यटक क्षेत्रमा आउने पर्यटकहरु ७० प्रतिशत भन्दा बढी पोखरा पहिलो गन्तव्य बनाएर आउछन, तर चार घण्टाको अनुमान गरेर तय गरीएको यात्रा करिव ९/१० घण्टा लाग्ने अवस्था छ । यस्तै खालका सडकका समस्याहरु अन्य धेरै ठाउँमा पनि छन् । आज पर्यटक क्षेत्रमा सरकारले १३ प्रतिशत भन्दा बढी हवाई टिकटमा वृद्धि गरेको छ, यो कहि नभएको हवाई टिकटमा मुल्य वृद्धि गर्ने कुरालाई तुरुन्तै फिर्ता लिनुपर्छ र पर्यटकीय क्षेत्रलाई समृद्धिको आधार निर्माण गर्ने कुरामा थप सचेत हुनुपर्छ । संगसंगै सहज चाडपर्व मनाउनका लागी सडक संजालमा सुरक्षित यात्राको प्रवद्र्धन नेपाल सरकारले सवै सडक संजालहरुलाई सुरक्षित बनाउने र यातायातका साधनहरुको प्रयोग गर्दा सचेतता अपनाउनका लागी सम्बन्धित सवै सरोकारवाला पक्षलाई निर्देशन दिइयोस् ।’
प्रतिक्रिया दिनुहोस्