समाचार

पहिरोले डोजर पुरिँदा चालकको मृत्यु



बुटवल, २२ असोज । पाल्पा सडक मर्मत गर्ने क्रममा पहिरोले डोजर पुरिँदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार पाल्पा रामपुर नगरपालिका १० टोक्सेमा सडक खण्ड मर्मतका कार्यक्रममा बा २ क १९५७ नम्बरको डोजर सुक्खा पहिरो झरी पुरिदा चालकको मृत्यु भएको हो । 

घटनामा  घाइते  भएका चालक खड्को  मिसन अस्पताल पाल्पामा उपचारको क्रममा सोमबार विहान मृत्यु  भएको हो । उक्त घटनाबारे थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।