काठमाडौँ, २२ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले इजरायलको जोखिमपूर्ण क्षेत्रमा रहेका नेपाली उद्दार गर्न सरकारसँग आग्रह गरेको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देनले आज एक विज्ञप्ति जारी गर्दै इजरायलमा रहेका नेपालीहरुको विवरण संकलन गर्न, उनीहरुको अवस्थाबारे सत्यतथ्य जानकारी दिन, घाइतेको उपचार गर्न, बेपत्ता रहेकाको अवस्था पत्ता लगाउन कुटनैतिक पहल गर्न र स्वदेश फर्कन चाहनेहरुलाई आवश्यक प्रबन्ध मिलाउनसमेत सरकारसँग आग्रह गरेका हुन् ।
सिक्दै कमाउँदै कार्यक्रम अन्तर्गत इजरायलमा रहेका १० जना नेपालीले हमासको आक्रमणमा परेर अनाहकमा ज्यान गुमाउनु परेको घटनाबाट अत्यन्तै दुःखी र मर्माहत भएको पनि लिङ्देनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्