Banner News

अध्यक्ष ओलीद्वारा इजरायलमा भएको आक्रमणको निन्दा



काठमाडौँ, २२ असोज । इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणको घटनाप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले निन्दा र भत्सर्ना गरेका छन् ।

पार्टीका तर्फबाट अध्यक्ष ओलीले आज विज्ञप्ति जारी गर्दै निर्दोष नागरिक, बृद्धबृद्धा र बालबालिकाको हत्या र अपहरण जस्ता अमानवीय कार्यले प्यालेस्टिनी जनताले उठाउँदै आएको समस्या समाधान नगर्ने ठहर गरेका छन् ।  

एमालेले घटनामा परी निधन हुनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै समस्त आफन्तजनप्रति समवेदना व्यक्त गरेको छ । यस घटनामा ‘लर्न एण्ड अर्न’ योजनाअन्तर्गत इजरायलको कृषि फर्ममा काम गर्न र सीप सिक्न गएका विभिन्न विश्व विद्यालयका विद्यार्थीमध्ये १० जनाको निधन भएकोमा आफू र पार्टी अत्यन्त दुःखित भएको ओलीको विज्ञप्तिमा उल्लेख छ ।