राजनीति

विद्युत् विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत



काठमाडौँ, २२ असोज । विद्युत् विधेयक, २०८० मा विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । 

आज प्रतिनिधिसभा बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिएपछि विधेयक बहुमतले स्वीकृत भएको हो ।  

अब विधेयकमा ७२ घण्टाभित्र संशोधन दर्ता गर्न सकिने सभामुख देवराज घिमिरेले जानकारी दिए । प्रतिनिधिसभाको अर्को बैठक असोज २५ गते बिहीबार १ बजे बस्ने गरी बैठक स्थगित भएको छ ।