राजनीति

कर्णाली प्रदेश निजामती विधेयक सर्वसम्मत पारित



सुर्खेत, २२ असोज । कर्णाली प्रदेश सरकारले ल्याएको प्रदेश निजामती कर्मचारी विधेयक सर्वसम्मत रूपले पारित भएको छ ।

आज बसेको प्रदेशसभामा प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित भएको हो ।

सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले कर्णाली प्रदेशसभा नियमावली २०७९ को नियम १२८ को उपनियम २ को खण्ड ‘क’ बमोजिम प्रदेश मामिला समितिको प्रतिवेदन सहितको विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

सभामुख नन्दा गुरुङ्गले विधेयक पारित गरियोस्, भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेपछि प्रदेशसभाले सर्वसम्मत रूपमा विधेयक पारित गरेको हो ।