समाचार

ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु, पाँच जना घाइते



काठमाडौँ, २३ असोज ।रसुवामा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार आमाछोदिङ्मो गाउँपालिका–२ नेशिङ खोलामा हिजो बेलुका ट्रक दुर्घटना हुँदा आमाछोदिङ्मो–२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकाहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।