काठमाडौँ, २३ असोज । नेकपा एमालेकी सांसद सुनिता बरालले इजरायलमा रहेको नेपालीहरूको तत्काल उद्धार गर्न सरकारलाई आग्रह गरेकी छिन ।
आज प्रतिनिधि सभा अन्तरगत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री नारायण प्रसाद साउदलाई उनले नेपालको विमानलाई इजरायलमा अनुमति नदिएको हो भन्दै प्रश्न समेत गरेकी छिन ।
उनले इजरायलमा तत्काल युद्ध रोकिने अवस्था नदेखिएको भन्दै त्यहाँ रहेका नेपालीहरूलाई नेपाल ल्याउने काम गर्न आग्रह गरिन् । साथै उनले मन्त्री साउदलाई इजरायलले नेपाली विमानलाई अवतरण अनुमति दिएको छैन भन्ने कुरा आएकोले त्यसबारेमा प्रस्ट पार्न आग्रह गरेकी छिन् ।
प्रतिक्रिया दिनुहोस्