काठमाडौँ, २६ असोज । आज बजारमा सुन बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार १ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ९ हजार ५५० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्