काठमाडौँ, २६ असोज । नेकपा (एमाले)का नेता भीम रावलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कालापानी क्षेत्रमा जानकारीबिना भ्रमण गर्दा सरकार किन मौन भन्दै प्रश्न गरेका छन् ।
आज सामाजिक सञ्जालमार्फत उनले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाँदाको नयाँ सम्बन्धको परिणाम यस्तै हो भनि प्रश्न पनि गरेका छन् ।
उनले लेखेका छन्, “भारतीय प्रधानमन्त्री मोदीले नेपालको कालापानी क्षेत्रमा नेपाल सरकारको जानकारीबिना भ्रमण गरेको समाचारप्रति प्रम प्रचण्ड र सरकार मौन किन ? के प्रम प्रचण्डको गत भारत भ्रमणले दुई पक्षीय सम्बन्धमा ‘नयाँ उचाइ’ र ‘समझदारी’ थपेको भनेको यसरी नेपालको भौगोलिक अखण्डतामा घात गर्ने भन्ने नै हो ?,” “ नेपाली जनताबाट लुकाइएका ‘सात सहमति वा सम्झौता’को परिणाम यस्तै हो ? प्रम प्रचण्ड र नेपाल सरकारले स्पष्ट गरोस् । ”
प्रतिक्रिया दिनुहोस्