बहराइन, २७ असोज । नेपाल ट्रेड युनियन सपोर्ट ग्रुप बहराइनको दोस्रो महाधिवेशन बहराइनको राजधानी मनामा अदलीयामा सम्पन्न भयो । छबिलाल बिकको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य सपोर्ट ग्रुपका उपाध्यक्ष राजाराम सुवेदीले दिनुभयो ।
प्रमुख अतिथि नेपाली राजदुताबास बहराइनका राजदुत तिर्थ राज वाग्ले, विशिष्ट अतिथि श्रम सहचारी जमुना काफ्ले, प्रवासी नेपाली मन्च मध्यपूर्व सयोजक शालिकराम पन्त, बहराइन ट्रेड युनियनका प्रतिनिधि सैयद युसुफ खालिद, हसन अब्बास, वाहिद अली, नेपाली क्लब बहराइनका महासचिव कृस्न खाम्चा मगर, एन आर एन ए मध्यपूर्व उपसयोजक लाल प्रसाद पुन, एन आर एन ए आइसिसि सदस्य बीरेन्द्र बुढाथोकी, एन आर एन ए बहराइन उपाध्यक्ष शुसिला खत्री, प्रवासी नेपाली मन्च बहराइनका काबा अध्यक्ष प्रेम क्षेत्री, जनसम्पर्क समिति बहराइनका सभापति पदम सुन्दर गुरुङ, प्रगतिशील मन्च बहराइनका अध्यक्ष युवराज केसी, प्रवासी नेपाली समाज बहराइनका अध्यक्ष हिमलाल पाण्डे, झापाली समाजका अध्यक्ष बिजय गिरी, अन्तरास्ट्रीय कलाकार समाज बहराइन का सास्क्रितिक सचिव रेजिना छिनाल लगायतले शुभकामना मन्तव्य दिनुभयो ।
शुभकामना मन्तव्य राख्नु हुदै राजदुत वाग्लेले जिफन्ट र जिएफटियु बहराइनको सहकार्यले नेपाली श्रमजीवी बर्गको हित हुने र यसको आवश्यकता अत्यधिक रहेको बताउनुभयो । जिफन्ट बहराइनले गर्दै आयका कामहरु प्रति राजदुताबासको तर्फबाट धन्यवाद दिदै अझ उत्कृष्ट काम गर्न सक्नुस भन्ने शुभकामना दिनु भयो । श्रम सहचारी जमुना काफ्लेले बहराइनको श्रम सम्बन्धी बोल्नु हुदै जुन देशमा बस्छौ त्यहि देशको नियम कानुन पालना गर्दै अगाडि बढ्नु पर्ने बताउनुभयो । शुभकामना दिनुहुने सम्पूर्णले आगामि कार्यकाल सफल रहोस र हातेमालो गर्दै अगाडि बढ्न सुझाउनुभयो ।
दोस्रो महाअधिवेशनले थोमस कुलुङको अध्यक्षतामा १५ सदस्सीय रास्ट्रीय कमिटी निर्माण गरेको छ । जसमा उपाध्यक्ष राजु पहारी (श्रम तथा जिएफटियु सम्बन्ध), दृतीय उपाध्यक्ष शृजना केसी (महिला ), महासचिव लक्ष्मण बिक, सचिव शिव बिक, सहसचिव विकास डागी, कोषाध्यक्ष अर्जुन बराइली, सदस्यहरु रोजेस महर्जन, कुन्ति तामाङ, सागर राई लगायत रहनुभएको छ ।
नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष बिनोद श्रेष्ठको भिडियो मन्तव्य लगत्तै सुरु भयको कार्यक्रमको सांगठनिक तथा आर्थिक प्रतिवेदन थोमस कुलुङले प्रस्तुत गर्नुभयो । निर्वाचित कमिटीलाई निर्वाचन आयोग प्रमुख लाल प्रसाद पुनले बधाइ तथा शुभकामना मन्तव्य राख्दै महाधिवेशन समापनको घोषणा गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्