राजनीति

मोदीको कुटी क्षेत्रको भ्रमण नेपाली भूभाग विरुद्धको ठाडो अतिक्रमण : नेता खनाल



काठमाडौँ, २७ असोज । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अप्रत्यासित कुटी क्षेत्रको भ्रमण नेपाली भूभाग विरुद्धको अर्को ठाडो अतिक्रमण भएको बताएका छन् ।

नेता खनालले शनिबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री मोदीको अप्रत्याशित भ्रमणले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको उल्लंघन भएको बताए ।

उनले भनेका छन्, ‘नेपाली जनता र भारतीय जनता सदियौं देखिका मित्र जनता हौँ । हाम्रा बीच गहिरो बहुआयामिक सम्बन्ध रहिआएको छ । तर भारतका वर्तमान शासकहरू नेपाली भूमिको सिमानामा बार–बार अतिक्रमण गर्दै आएका छन । अहिले प्रधानमन्त्री श्री नरेन्द्र मोदीको अप्रत्यासित कुटी क्षेत्रको भ्रमण नेपाली भूभागका बिरुद्ध अर्को ठाडो अतिक्रमण हो । त्यसबाट नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको उल्लंघन भएको छ र यो अन्र्तराष्ट्रिय कानुन र मर्यादाको समेत विरुद्ध छ ।’