काठमाडौँ, २७ असोज । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले नेपालको नयाँ नक्सामा समेटिएको तीन वटा भूभाग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गाईको सिङ भाँचे जस्तै गरी नेपालको चुच्चे नक्सा पनि भाँचेको आरोप लगाउनुभएको छ ।
आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा गुमेको नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर जारी गरिएको नेतपालको नक्साको तीन भागलाई वर्तमान प्रधानमन्त्री प्रचण्ड तथा देउवाको दक्षिणपन्थी लम्पसाका कारण पुनः हराउने अवस्थामा पुगेको भन्दै आक्रोस जनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारले गुमेको नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नयाँ नक्या जारी गरेको थियो । उपेन्द्र यादवको पार्टीलाई घिसारेर संविधान संशोधनको पक्षमा हाम्रो अध्यक्षले ल्याउनुभयो, संविधान संशोधन गराउनुभयो । त्यती मात्र हैन, भारतीय चेली सरिता गिरीलाई नेपालको नक्सा सार्वजनिक गर्न भारतको स्वीकृति लिनुपनर्छ भन्ने अभिव्यक्ति दिएकै कारण पार्टी तथा सांसदबाट निश्कासन गर्न बाध्य भएको थियो । भारतीय प्रधानमन्त्री केही दिन अघि उक्त जग्गामा आएको विषयमा नेपाल सरकारले गंम्भीरताका साथ लिनुपर्छ । मोदी जि र सम्बन्धीत मुलुकसँग शिर ठाडो पारेर नेपाल सरकारले वार्ता गर्न सक्नुपर्छ । भारत भ्रमणका क्रममा ग्रेटर नेपालको बारे प्रचण्डले भारतसँग सम्बनधमा चिसोपन आउँछ भनेर मैले बोलिन भन्ने अभिव्यक्ति दिएका थिए । म ३२ सीटे प्रधानमन्त्रीको पद जान्छ, त्यही भएर म बोलिन । चुच्चे नक्साको बारेमा म सक्किन्छु भनेर बोलिन भनेर महांकालेश्वरमा गेरुवस्त्र धारण गरेर जव प्रचण्डले दर्शन गरे त्यसपछि नेपालमा दुःखका दिन शुरु भए । अनि गेरुवस्त्रधारीहरु नेपालमा आएर धार्मिक राज्य बनाउने, धार्मिक पार्टी खोल्ने, मरेको राजा व्युँताउने, अनि त्यसमा ज्ञानेन्द्र शाह, ज्ञानेन्द्र शाही, दर्गा प्रसाईसम्म एक ठाउँमा आउने स्थिती बनेको छ । प्रचण्ड र देउवाले नेपालको चुच्चे नक्सा गाईको सिङ भाँचे जस्तै गरी भाँचे । तर एमाले सार्वभौम सत्ता, राष्ट्रिय अखण्डताको लागि जस्तो सुकै कदम चाल्न पनि तयार छ । प्रतिपक्षमा हुँदा शसक्त आवाज उठाउँछौं । भोली सरकारमा हुँदा समाधान गर्छौं ।’
प्रतिक्रिया दिनुहोस्