काठमाण्डौ,२९ असोज । कोशीका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको
मुख्यमन्त्री कार्कीले दसैँअघि नै प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको हो । असोज २० गते स्थगित भएको प्रदेशसभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको छ ।
मुख्यमन्त्री कार्कीनिकट स्रोतका अनुसार सोही दिन मुख्यमन्त्रीले विश्वासको मत लिनुहुनेछ । एमालेका ३९ र कांग्रेस नेता डा शेखर कोइराला समूहका ८ सांसदको समर्थनमा शनिबार कार्की मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
मुख्यमन्त्रीको शपथ लिएसँगै कार्कीले एमाले र कांग्रेसका एक(एक जनालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्