राजनीति

कुल आचार्यलाई पहिलो गैरआवासीय नागरिकता



काठमाडौँ, ३० असोज । गैरआवासीय नेपाली नागरिकता वितरणको आज शुभारम्भ हुने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा नागरिकता वितरणको शुभारम्भ गर्दै पहिलो गैरआवासीय नागरिकता एनआरएनए अध्यक्ष कुल आचार्यलाई प्रधान गर्ने कार्यक्रम तय भएको छ । आचार्यले सामाजिक सञ्जालमार्फत पहिलो गैरआवासीय नागरिकता आफूलाई प्रदान गर्न लागेकोमा आभार व्यक्त गरेका छन् । 

उनले लेखेका छन्- एकपटकको नेपाली, सधैंको नेपालीभन्ने भावनालाई मूल मन्त्र मानेर दुई दशकदेखि संघर्ष गर्दै आएको प्रतिफलस्वरूप नेपालको संविधानमा गैरआवासीय नेपाली नागरिकताको प्रावधान स्थापित गर्न सफल भएका थियौं । यो हामी सम्पूर्ण गैरआवसीय नेपाली समुदायका लागि गौरव, हर्ष र सफलताको क्षण हो । संविधानको यही प्रावधानअनुसार अहिले बिहान ७ः०० बजे सम्माननीय प्रधानमन्त्रीज्यूले मलाई पहिलो गैरआवासीय नेपाली नागरिकता हस्तान्तरण गर्दै हुनुहुन्छ र मैले ग्रहण गर्दै छु । यो क्षण हामी सम्पूर्ण गैरआवासीय नेपाली समुदायका लागि हर्ष र गौरवको क्षण हो