काठमाडौँ, ३० असोज । काठमाडौँको गैरीगाउँको भ्याली बाबा पेट्रोलपम्पमा सिल गरिएको छ ।
कम परिणामको तेल बिक्रीवितरण गरेको पाइएपछि पेट्रोलपम्पको एउटा नोजललाई सिल गरिएको हो । परिमाण मापन गर्दा मात्रा कम देखिएपछि कारबाही गरिएको अनुगमनमा संलग्न प्रधानमन्त्रीको सचिवालय सदस्य विनोद न्यौपानेले जानकारी दिए । चाडपर्वको मौका छोपी उपभोक्तामाथि ठगी हुनसक्ने भएकाले अनुगमन गरिएको उनले बताए । पेट्रोलपम्पका बारेमा गुनासो आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा संयुक्त अनुगमन टोलीले उपत्यकाका विभिन्न स्थानमा रहेको पेट्रोलपम्पमा अनुगमन गरेको हो । File Photo
प्रतिक्रिया दिनुहोस्