विराटनगर, १ कार्तिक । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका निवर्तमान नेता उद्धव थापाले कोसी प्रदेशमा सरकार निर्माणलाई मात्र समस्याको रूपमा लिइएको बताएका छन् ।
कोशी प्रदेशसभाको बुधबारको बैठकमा बोल्दै थापाले कांग्रेसबाट आठ भाइ माननीयले दलभित्र झगडा गरेको, कुन्ठा बोकेर हिँडेको, युद्धको मैदानमा पुगेको र आफूहरूले माला लगाएर स्वागत गरेको बताए ।
थापाले भने, “एमालेको समर्थन प्राप्त हुँदा हामीहरू समाधान तर्फ लागेका छौँ । अब सरकारलाई साथ दिने कुरामा अघि बढौं । हामीले गलामात्र लागाएनौँ गालापनि छोड्यौं । एमालेबाट हामीले पाठ सिकेका छौँ त्यहाँ पनि झगडा छ । हामीले मुख्यमन्त्रीलाई साथ दिएका छौँ । अब गम्भीर रूपमा सोच्न पर्छ । पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशबाट निर्णय गर्ने भन्नु भएको थियो अब सोच्नुहोस् । यही सरकारलाई निरन्तरता दिऔं ।”
प्रतिक्रिया दिनुहोस्