काठमाडौँ, ८ कार्तिक । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ बुधबार स्वदेश फर्किएका छन्।
चीनको भ्रमणमा रहेका उनलाई त्यहीँ हृदयाघात भएपछि बेइजिङमा उपचार गराइएको थियो। उनको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिटलमा पाँच दिनसम्म उपचार भएको थियो ।
स्वास्थ्य लाभ गरी उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ बुधबार स्वदेश फर्किएका हुन्। गत १७ र १८ अक्टोबरमा बेइजिङमा आयोजित तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)मा सहभागी हुन श्रेष्ठ चीन गएका थिए।
प्रतिक्रिया दिनुहोस्