काठमाडौँ, ८ कात्तिक । नेकपा एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको भ्रामक प्रचारको निन्दा र भर्त्सना गर्दै राजावादीका दालालहरुले धमिलो पानीमा माछा मार्ने दुस्साहस नगर्न चेतावनी दिनुभएको छ ।
पछिल्लो समय पहिचानवादीको नाममा दुर्गा प्रसाई लगायत केही राजावादीले केपी ओलीको कम्बोडियाको टेलिकममा लगानी रहेको भन्दै हिडेका छन् । सोही कुरालाई लक्षित गर्दै एमाले स्थायी कमिटी सदस्यसमेत रहेका प्रचार विभाग प्रमुख गौतमले अध्यक्ष ओलीविरुद्ध राजावादीहरुले आपत्तिजनक प्रचार गरेको भन्दै खेद प्रकट गर्नुभयो । उहाँले प्रायोजित रुपमा अध्यक्ष ओलीमाथि आक्रमण गरी कम्बोडिया टेलिकममा लगानी भएको दुश्प्रचार गरिएको बताउनुभयो । गौतमले ओली जस्तो राष्ट्रवादी र विकासको भिजन भएको नेताको विरुद्ध गरिएको हर्कत तत्काल रोक्न चेतावनी पनि दिनुभयो ।
नेता गौतमले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘घोर भत्सर्ना र निन्दा ! नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादी अडान, मौलिक विकासका प्रणेता, सम्वृद्व नेपाल, सुखी नेपालीका मुख्य योजनाकारका विरुद्ध केही पुनरात्थानवादी, प्रतिगमनकारी कथित राजावादीका भरौटे, दलालहरुद्वारा गरिएको हमलाप्रति घोर भत्सर्ना र निन्दा गर्दछौं । घोर दक्षिणपन्थी, पुनरात्थानवादी, राजावादी भरौटे तत्वहरुवाट टेलिकममा लगानी नामको कथित समाचार प्रायोजित गरि गरिएको हमला पुष्टि गर्न चुनौति दिन्छु । एउटा राष्ट्रवादी, विकासप्रेमी, परिवर्तनकारी नेताको चरित्र हत्या गरि जनताको विश्वासलाई धुमिल वनाएर धमिलो पानीमा माछामार्ने दुस्साहस/दुस्प्रयास नगर्न चेतावनी दिन्छु ।’
प्रतिक्रिया दिनुहोस्