समाचार

मकवानपुरमा स्कुटर दुर्घटना : एक जनाको मृत्यु



मकवानपुर, ९ कार्तिक । काठमाडौं-कुलेखानी हेटौंडा सडकखण्डअन्तर्गत मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नं ६ जुरीखेतमा काठमाडौंबाट हेटौंडा आउँदै गरेको ०२–०२७–प ४८४२ नं को स्कुटर बुधबार दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको र एक पुरुष घाइते भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार स्कुटर चालक काठमाडौं महानगरपालिका–२७ बस्ने वर्ष ६५ का शशीराज पाण्डे घाइते भएका र उनको उपचार हेटौंडा अस्पतालमा भइरहेको छ उनकी पत्नी ६२ वर्षीया राज्यश्री थापा क्षेत्रीको हेटौंडा अस्पतालमा उपचारका क्रममा साँझ करिब ७ः३० बजे मृत्यु भएको थियो । उनका अनुसार काठमाडौंबाट हेटौंडा आउने क्रममा जुरिखेतको ओरालोमा स्कुटर अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको थियो ।