काठमाडौँ, १० कार्तिक । आश्विन शुक्ल द्वादशीका दिन आज नवदुर्गाको प्रसाद स्वरूप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको चहलपहल शुक्रबार पनि जारी छ।
घटस्थापनादेखि नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरू भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमामा अखिलबलिपूर्तिका दिनसम्म जारी रहन्छ। शास्त्रीयरुपमा अखिलबलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्न मिल्ने भएपनि लोक व्यवहारमा भने घरमा आएका नातेदारलाई कोजाग्रत पूर्णिमाकै दिनसम्म यो क्रमले निरन्तरता पाउने गरेको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई भने कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रूपमा कुनै बाधा नरहेको बताउँछन्। कात्तिक १० गते शुक्रबार अलिखबलिपूर्ति गर्नुपर्ने समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्