अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, १२ कार्तिक । स्थानीय बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । छापावाल सुन तोलामा एक लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शनिबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी तोलामा एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।