राजनीति

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै



काठमाडौँ, १३ कार्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ  ।

बैठक दिनको २ः३० बजे पार्टी कार्यालय बालकुमारीमा बस्नेछ । मधेस प्रदेशसभाका समानुपातिक सांसद चयन गर्ने विषयमा आजको बैठकमा छलफल हुनेछ ।
 
बैठकमा पार्टीको संगठन विस्तार तथा सुदृढीकरण सम्बन्धि ३ महिने अभियानबारे समीक्षा हुनेछ ।